बैशाख ३१, २०८१, सोमबार
               

लेबनानको राजधानी बेरूतमा फेरि विस्फोट, चारको मृत्यु

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

एजेन्सी । लेबनानको राजधानी बेरुतस्थित एउटा घना बस्तीमा  विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ ।

विस्फोटमा परी अन्य २० जना घाइते भएका छन् ।

इन्धन भरिएको ट्यांक घना बस्तीमा बिस्फोट भएको बिबिसीले जनाएको छ । तारिक-अल-दिदे जिल्लामा ट्यांकमा आगो लागेपछि विस्फोट भएको बताइएको छ ।

गत अगस्टमा २०३ जनाको ज्यान लिनेगरी भएको विस्फोटपछि भएको यो विस्फोटपछि मानिसहरू अत्तालिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि