जेठ ०६, २०८१, आइतबार
               

फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री, यस्तो छ रहस्य

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

एजेन्सी । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री भएकी छन् । पहिलादेखि नै कार्यभर सम्हाल्दै आएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले ती १६ वर्षीया किशोरीलाई एक दिनको लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

प्रधानमन्त्री सन्ना मरिनले बुधबारका लागि आभा मुर्तो नाम गरेकी ती १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाएको विभिन्न समाचारमा जनाइएको छ । उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक राख्ने नियमसहित प्रधानमन्त्री बनाएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ को लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको जनाइएको छ । ती प्रधानमन्त्री १६ वर्षीया आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेको बताएकी छन् ।

उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छन् । उनि फिनल्याण्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता भएको बताइएको छ । 
 

यो पनि