बैशाख २३, २०८१, आइतबार
               

भारतका पूर्वसिबिआई निर्देशकले गरे आत्महत्या, यस्तो छ सुसाइड नोट

एजेन्सी
असोज २२, २०७७

ADVERTISEMENT

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वनिर्देशक अश्वनीकुमारले आत्महत्या गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार नागल्यान्डका पूर्वराज्यपालसमेत रहेका उनले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

नागल्यान्डको राजधानी शिमलास्थित निवासमा ७० वर्षीय आश्वनीकुमार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट बरामद गरेको छ। जसमा उनले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको उल्लेख गरेका छन् ।

सुसाइड नोटमा अश्वनीकुमारले लेखेका छन्, ‘मेरो रोग र अशक्तताका कारण यो जीवनको अन्त्य गर्दै छु र जीवनको नयाँ यात्रामा लाग्दै छु।’

हिमाचल प्रदेशका डिजिपी सञ्जय कुन्डुका अनुसार सुसाइड नोटमा अश्वनीकुमारले कसैलाई दोष दिएका छैनन् ।

घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

सिरमौर जिल्लाको सदरमुकाम नाहनमा जन्मिएका अश्वनीकुमार सन् सन् २००८ देखि २०१० बीच उनी सिबिआईका निर्देशक भएका थिए । 

त्यसअघि उनी २००६ देखि २००८ सम्म हिमाञ्चलको पुलिस महानिर्देशक (डिजिपी) समेत बनेका थिए ।

त्यस दिन...

परिवारका अनुसार त्यस दिन अश्वनीकुमार हिँडेर काली माताको मन्दिर गएका थिए र साँझ ध्यान गरेका थिए । त्यस साँझ उनका छोरा र बुहारी पनि इभनिङ वाकको लागि बाहिर गएका थिए ।

जब उनीहरू घर फर्किए तब ढोका भित्रबाट बन्द गरिएको थियो । ढोका फोरेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । परिवारले पनि अश्वनीकुमारको मृत्युमा कसैको षडयन्त्र शंका गरेका छैनन् ।

यो पनि