जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रपति ट्रम्प चार दिनपछि ह्वाईट हाउस फिर्ता

एजेन्सी
असोज २०, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन् । 

उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि उनी सैनिक अस्पतालमा भर्ना भएका थिए ।  

ट्रम्प अस्पतालबाट निवास फर्किए पनि उनको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । 

आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ बर्षीय ट्रम्पले बताएको छन् । उनले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिए । 

अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ । ट्रम्प पनि प्रतिष्पर्धामा छन् ।  

अस्पतालबाट ह्वाइट हाउस उनी छोटो हेलिकोप्टरमार्फत् गएका हुन् । उनी अस्पताल जादाँ पनि हेलिकोप्टरमै गएका थिए ।  

ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उनलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ । 

ह्वाइट हाउस पुगेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।’

उनले कारोनाबाट डराउनु पर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिएका छन् । उनले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आएका थिए । 

उनलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको थियो ।

उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित रहेको छ । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिए ।

त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ । 

विश्वमै सवैभन्दा धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । 

अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि