जेठ ०४, २०८१, शुक्रबार
               

मंगल ग्रह पृथ्वीकाे नजिक आइपुग्याे, आज राति ८ बजेर तीन मिनेट जाँदा स्पष्ट देखिन्छ

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

मंगल ग्रह अहिले पृथ्वीको नजिक छ । सन २००३ यता पहिलाेपटक मंगल ग्रह यति नजिक आएकाे हाे र अब १५ वर्षपछि मात्रै  मंगल ग्रह पृथ्वीको अहिलेकाे जस्ताे नजिक आउने वैज्ञानिकले बताएका छन् ।

हरेक रात अक्टोबर भर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देखिन्छ । हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।

रातिमा रातो तारा देखिएको मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देखिँदैन । 

मंगल ग्रह मंगलबार राति ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ । त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो, त्यो बेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो ।

आउँदो हप्ता पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । मार्स अपोजिसन भनिने यो अवस्था अक्टोबर १३ मा हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ ।

पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६ सय ८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।


कस्तो लाग्यो ?

यो पनि