मंसिर ०७, २०८१, शुक्रबार
               

एलेक्स आँधीका कारण दक्षिणी फ्रान्स तथा उत्तरी इटालीको जनजीवन प्रभावित

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

फ्रान्स र इटालीका तटीय क्षेत्रमा समुद्री आँधी एलेक्सका कारण जनजीवन प्रभावित भएको छ । कम्तीमा दुईजनाको ज्यान गएको छ भने अरु कम्तीमा २५ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एलेक्स आँधी दक्षिणी फ्रान्स तथा उत्तर–पश्चिमी इटालीको तटीय क्षेत्रमा ठोक्किएको हो । आँधीका कारण ठूलाे पानी पर्दा सो क्षेत्रका धेरै गाउँहरुमा गम्भीर भौतिक क्षति भएको छ ।

फ्रान्सको दक्षिणी क्षेत्र निसका दर्जनौँ गाउँमा धेरै घरहरु प्रभावित भएका छन् । बाढीले घरहरु डुबेका छन् ।

यस्तै, इटालीको उत्तरी क्षेत्रमा बाटो तथा पुलहरु बगाएको छ । नदीहरुमा पानीको बहाव उच्च भएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि