जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना

एजेन्सी
असोज १७, २०७७

ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना संक्रमणपछि बिरामी भएका राष्ट्रपति ट्रम्पलाई अस्पताल भर्ना गरिएको हो ।

उनलाई वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बिबिसीले उल्लेख गरेको छ ।

ट्रम्पले हिजो (शुक्रबार) बिहान ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । 

त्यहाँको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड१९ का केही लक्षण समेत देखिएका छन् । 

नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु एक महिनाअघि ट्रम्प बिरामी परेका हुन् । 

उनी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि