चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ ।
भिडियो लाइभमा आएकी ३० वर्षीया लामुकाे पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो । लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ ।
यो घटनापछि चीनमा महिलाविरूद्ध हिंसाबारेको बहस फेरि चुलिएको छ । लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन् ।