जेठ ०४, २०८१, शुक्रबार
               

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय सेनाको मृत्यु

एजेन्सी
असोज १५, २०७७

ADVERTISEMENT

जम्मु–कस्मिरको सिमानामा पाकिस्तानको तर्फबाट भएको बेग्ला–बेग्लै कारवाहीमा तीन भारतीय सेनाको मृत्यु भएको छ ।

पाकिस्तानको तर्फबाट भएको अन्धाधुन्ध गोलाबारीमा तीन सेनाको मृत्यु हुनाका साथै अन्य पाँच घाइते भएको एनडीटीभीले जनाएको छ ।

सीमामा भएको आक्रमणपछि भारतीय सेनाले पनि गतिलो जवाफ दिएको भारतीय पक्षले बताएको छ ।

भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानी सेनाले सीमामा युद्धविरामको उल्लंघन गर्दै मानकोट र कृष्ण घाटी सेक्टरमा आक्रमण गरेका थिए ।

त्यस्तै बिहीबार बिहानै उत्तरी कस्मिरको नाउगाम सेक्टरमा तोपहरु आक्रमण भएको थियो ।

गएको पाँच दिनयता पाकिस्तानी सेनाले भारतका स–सना गाउँ लक्षित आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि