लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचका साथ प्रधानमन्त्री बनेका मुस्तफाले आफ्नो प्रयास विफल भएपछि राजीनामा दिएकाे बताएका छन् ।
प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन्-‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’, अदिबले एक टेलिभिजन सम्बोधनमा भनेका छन् ।
अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदिबमाथि अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन र आवश्यक सुधार गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो । उनको त्यो प्रयास विफल भएपछि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।