जेठ ०४, २०८१, शुक्रबार
               

ट्रम्पद्वारा शान्तिपूर्ण सत्ता हस्तान्तरण अस्वीकार

एजेन्सी
असोज ०८, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बिडेन राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रूपबाट सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

ट्रम्पले पत्रकार सामु बोलेको विषयलाई लिएर बिडेनले बुधवार नै प्रश्न उठाए, ‘हामी कस्तो मुलुकका बासिन्दा बनिरहेका छौँ ?’

‘मलाई हाँसो लाग्छ । मैले भने नि हामी कस्तो मुलुकको बासिन्दा बन्दै छौँ ? हेरौँ, उनी तर्कहीन विषय उठाउँदै छन् । मलाई थाहा भएन उनी किन यस्तो भनिरहेका छन्, म के भनौँ खै,’ बिडेनले चुनावका प्रारम्भिक सर्वेक्षणलाई आधार मान्दै भने ।

व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा हार व्यहोरेको खण्डमा शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई अस्वीकार गरेका थिए । फेरि एक पटक मतदान प्रक्रियामा आशङ्का उब्जाउँदै ट्रम्पले सो कुरा बोलेका हुन् । कोभिड १९ का कारण उब्जिएको समस्याबाट आगामी नोभेम्बरमा हुने निर्वाचनमा बाधा नपरोस् भन्ने हेतुले कतिपय राज्यले नागरिकको सहुलियतका लागि घरबाट मतदान गर्न सक्ने व्यवस्था गरेका छन् । जसलाई मेल इन ब्यालेट भनिएको हो ।

‘के हुन्छ, तपाई हामीलाई थाहै छ तर मसँग मतपत्रका विषयमा निकै गुनासा छन् । मतपत्र विपत्ति हो,’ हारेको खण्डमा शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुन्छ कि हुँदैन भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट पारेका थिए । साथै उनले मेल इन ब्यालेट बिना सत्ता हस्तान्तरण हुन नसक्ने अवस्था सिर्जना गरिएको पनि बताए ।

‘म त भन्छु, हामीले मतपत्रबाट छुटकारा पाउनु पर्छ तथा यो शान्तिपूर्ण तरिका पनि हो... स्पष्टसँग भन्नु पर्दा अहिले सत्ता हस्तान्तरणको आवश्यकता पनि पर्दैन । हामीले निरन्तरता पाउने छौँ,’ ट्रम्पले भने, ‘मतपत्र त नियन्त्रण बाहिर हुन्छन् । यहाँलाई यो थाहै छ, यहाँहरूलाई थाहा नभए यस बारेमा अरू कसलाई राम्रोसँग थाहा हुन्छ त ? हो डेमोक्रेटले सबैभन्दा बढी बुझेका छन् ।’

साथै ट्रम्पले निरन्तर रूपमा मेल इन ब्यालेटले मतदाताहरूलाई भ्रममा पार्ने तथा चुनावमा धाँधली हुनसक्ने दाबी गर्दै आएका छन् । तर, चुनावी विशेषज्ञहरू भने मेलबाट गरिने मतदानमा धाँधली हुन्छ भन्ने बलियो प्रमाण अहिलेसम्म नभेटिएको दाबी गर्छन् ।

ट्रम्पको यस्तो भनाइपछि बुधवार रातिदेखि चर्को रूपमा सार्वजनिक बहस भइरहे पनि उनको पार्टी रिपब्लिकनका मात्र एक जना सिनेटर मिट रोम्नीले ट्रम्पको नाम नलिईकनै विरोधमा ट्विट गरेका छन् । रोम्नीले शान्तिपूर्ण सत्ता हस्तान्तरण ‘प्रजातन्त्रको मौलिक आधार’ रहेको ट्विट गरेका छन् । 

यो पनि