बैशाख २४, २०८१, सोमबार
               

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीद्वारा संविधान दिवसको अवसरमा नेपाललाई शुभकामना प्रदान

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

चिनियाँ राष्ट्रपति सी चिनफिङ र  प्रधानमन्त्री ली खछ्याङले नेपाललाई संविधान दिवसको शुभकामना दिएका छन् । 

शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सीले नेपाल-चीन सम्बन्धको विकासमा उच्च ध्यान दिएको बताएका छन् भने प्रधानमन्त्री लीले  नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी भएको बताउँदै केही वर्षदेखि दुई पक्षबीच विभिन्न क्षेत्रको सहयोग स्थिर रूपमा अघि बढिरहेको उल्लेख गरेका छन् ।

नेपालको संविधान दिवसमा चिनियाँ राष्ट्रपति सीले आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने बताएका हुन्। 

सो सन्देशमा राष्ट्रपति भण्डारीबीच भएको आपसी भ्रमणको स्मरण गर्दै सो भ्रमणबाट दौत्यसम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको उल्लेख गरेका छन् । 

‘चीन-नेपाल सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ,’ सो सन्देशमा भनिएको छ ।

त्यसैगरी, चीनका प्रधानमन्त्री ली खछ्याङले नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रको सहयोग अघि बढाइएको बताए । ‘नेपाल-चीनबीच विकास तथा समृद्धि–उन्मुख युगीन मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अझ गहन पार्ने चीनको इच्छा छ,’ उनले भने ।

यो पनि