अमेरिकाको न्युयोर्कमा स्थानीय समय अनुसार शनिबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा दुईजनाको ज्यान गएकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
न्युयोर्कको रोचेस्टरमा भएको स्थानीयको पार्टीको क्रममा गोलीकाण्ड भएको हो । घटनामा कम्तीमा १४ जना घाइते भएका छन् ।
पेन्सिलभेनिया एभिन्यू नजिक घटना भएको हो ।
रोचेस्टर प्रहरीका कार्यकारी प्रमुख मार्क सिमोन्सले घटनामा १८ वर्षका युवक र २२ वर्षकी युवतीको ज्यान गएको हो ।
झण्डै १०० जनाको जमघट रहेको पार्टीमा गोली चलेको हो ।