बैशाख १६, २०८१, आइतबार
               

भारतका १० सीमा गस्ती क्षेत्र चिनियाँ सैनिकको कब्जामा

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

भारत । चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गस्ती गर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ ।

भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू टाइम्स’ ले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक जान नसकेको उल्लेख छ ।

सैन्य अधिकारीका अनुसार भारतीय सेनाले गएको अप्रिलदेखि ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न पाएको छैन ।

वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्नका लागि पेट्रोलिङ्ग प्वाइन्टमा बस्नु सबैभन्दा उपयुक्त तरिका रहेको ती सैनिक अधिकारीले बताएका छन् ।

पछिल्लो केही महिनामा तनाव कम गर्नका लागि भएका वार्ताले बफर जोन बनाएको र त्यसपछि ती प्वाइन्टहरुको चिनियाँ सेनाको कब्जा रहेको ती सैन्य अधिकारीले बताएको द हिन्दूले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि