जेठ ०४, २०८१, शुक्रबार
               

विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको झण्डा फर्फराउँदै

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

दोहा । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै आज शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जनाएको हो ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो ।

सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ ।

दूतावासद्वारा जारी विज्ञप्ति यस्तो छ ।


कस्तो लाग्यो ?

यो पनि