जेठ ०३, २०८१, बिहीबार
               

पोर्चुगलको जंगलमा भीषण अगलागी

एजेन्सी
भदौ ३०, २०७७

ADVERTISEMENT

लिस्बन । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भीषण आगलागी भएको छ । 

आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् ।

राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ । 

स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोमिटर क्षेत्रमा फैलिएको जानकारी दिए । 

सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ । 

पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । 

तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि