जेठ ०२, २०८१, बुधबार
               

कोरोनामुक्त भएका भारतका गृहमन्त्रीलाई पुनः स्वासप्रश्वासको समस्या

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

भारतका गृहमन्त्री स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

दुई हप्ताअघि कोरोना भाइरसको संक्रमण मुक्त भएर डिस्चार्ज भएका गृहमन्त्री अमित शाह स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार रानि पुनः अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शाह दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् ।

५५ वर्षका भाजपा नेता शाह अगस्ट दुईमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो । अगस्ट १४ मा ट्विट गर्दै डाक्टरको सल्लाहअनुसार थप केही दिन होम आइसोलेशनमा बस्ने जानकारी दिएका थिए ।

शाहलाई अगस्ट १८ मा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । १३ दिनपछि उनी कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका थिए ।

शाहलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा शनिबार राति ११ बजेतिर पुनः भर्ना गरिएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि