बैशाख २३, २०८१, आइतबार
               

कठोर बन्दै उत्तर कोरिया, चीनबाट आउनेलाई गोली हान्नेसम्मको आदेश

एजेन्सी
भदौ २७, २०७७

ADVERTISEMENT

उत्तर कोरियाली अधिकारीहरुले चीन हुँदै आफ्नो देश प्रवेश गर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले यस्तो कडा कदम उठाएको  हुन् । 

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी मुलुक हो । तर, चीन हुँदै आफ्नो देश आउनेलाई गोली हान्नेसम्मको आदेश उत्तर कोरियाली अधिकारीले जारी गरेको छन् ।

उत्तर कोरियाली सीमामा स्पेशल अपरेशन फोर्स तैनाथ गरिएको छ । स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । खबर अनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र प्रवेश गर्ने जोसुकैलाई पनि उनीहरुले केही नसोधी गोली हान्न सक्नेछन् ।

उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरस संक्रमणको एउटा पनि घटना रेकर्डमा छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । 

गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो । सीमा बन्द गर्दा कालोबजारी मौलाएपछि अधिकारीहरु यस्तो कडा कदम उठाउन लागेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि