बैशाख २५, २०८१, मंगलबार
               

मालीमा आठ जनाको हत्या, कैयौँ घरमा आगलागी

एजेन्सी
भदौ २७, २०७७

ADVERTISEMENT

मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारी समूहले (आक्रमण गरी) कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेको छ ।

अफ्रिकन देश मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारी समूहले बुधबार सो हमला गरेका थिए । 

अज्ञात हतियारधारीको आक्रमणबाट आठ जना मारिएका छन् भने अरु तीन जना गम्भीर घाइते भएका छन् । 

सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए । 

उनीहरुले सो गाउँका कैयौँ घरमा आगो समेत लगाएका छन् । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो । 

उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा यकीन जानकारी आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि