बैशाख २८, २०८१, शुक्रबार
               

लेबनानको बेरूत पोर्टमा फेरि आगलागी

एजेन्सी
भदौ २६, २०७७

ADVERTISEMENT

एजेन्सी । लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ । आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ ।

यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो । लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्री जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो । त्यहाँ तेल र ट्यांकर राखिएको थियो ।

आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ । आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन ।

यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ । यसअघि मंगलबार नै आगलागी भएको थियो। तर उक्त आगो तत्कालै निभाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि