बैशाख २१, २०८१, शुक्रबार
               

क्यालिफोर्नियाको डढेलो अझै निभेन, एकै मौसममा ९ लाख हेक्टरमा फैलियो

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तीव्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।

डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ । लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायु विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका छन् । उनले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपद् घोषणा गरेका थिए । गभर्नर न्युसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि