बैशाख २१, २०८१, शुक्रबार
               

भेनेजुएलामा रुसी खोप, सबै उम्मेदवारमा परीक्षण !

एजेन्सी
भदौ २४, २०७७

ADVERTISEMENT

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए । 

उनले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताए । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ । 

रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ । 

रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताएका छन्   ।

उनले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि