बैशाख २०, २०८१, बिहीबार
               

पूर्व कम्युनिस्ट लडाकूद्वारा जेलमै भोक हडताल सुरु

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

रोम । पूर्व कम्युनिष्ट लडाकू सिसेरे बाटिस्टीले इटालीको एक जेलमा मङ्गलबारदेखि भोक हडताल सुरू गरेका छन् । उनलाई एकान्त कारावासमा राखिएको स्थानमा नै भोक हडताल सुरु गरेको इटालियाली समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

बाटिस्टी ६५ लाई सन् १९७० मा बामपन्थी आन्दोलन (क्रान्ति) को नेतृत्व गरिरहेका समय मारिएका चार व्यक्तिको हत्यामा दोषी ठहर गर्दै थुनामा राखिएको हो । 

इटालियाली सञ्चारमाध्यमले प्रकाशित गरेको बाटिस्टीले आफ्ना वकीललाई लेखेको पत्रमा भनिएको छ, “मेरा अधिकारहरूका लागि अन्य सबै उपायबाट थकित भएपछि सम्पूर्ण स्वास्थ्य सेवा अस्वीकार गर्न बाध्य छु र भोक हडताल सुरू गरेको छु ।” 

इटालीको समाचार संस्था (आन्सा) ले बाटिस्टीका वकिललाई उद्धृत गर्दै लेखेको छ, “आफ्ना सेवाग्राही बाटिस्टालाई सार्डिनियाको भूमध्यसागरीय टापूमा कडा सुरक्षासहित ओरिस्टानो जेलमा ‘सबै सम्पर्क र गतिविधि’ बाट अलग गरी छ महिना राखिएको र यसबाट उहाँको मानव अधिकार हनन भएको छ । सबै कानुनी विकल्पहरू प्रयोग गरी अधिकारका लागि गरेका प्रयासप्रति प्रशासनले वेवास्था गरेपछि बाटिस्टाले यो अन्तिम विकल्प प्रयोग गर्नुभएको हो ।”  

सन् १९७९ मा इटालीमा गैरकानुनी रूपमा सशस्त्र क्रान्तिकारी समूहमा लागेको आभियोगमा जेल परेका बाटिस्टी दुई वर्षपछि जेलबाट भागेका थिए । लगभग चार दशक उनले विभिन्न मुलुकमा भूमिगत जीवन बिताएका थिए ।  

अन्तराष्ट्रिय प्रहरी सञ्जालले उनलाई गत वर्ष जनवरीमा बोलिभियाबाट पक्राउ गरेर पछि इटालीलाई सुपुर्दगी गरेको थियो । 

यो पनि