बैशाख २१, २०८१, शुक्रबार
               

चिनियाँ राष्ट्रपतिद्वारा कोभिड विरुद्धको लडाईका मोडेलको प्रशंसा

एजेन्सी
भदौ २३, २०७७

ADVERTISEMENT

चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरका छन् । 

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई उनले मंगलबार बिहान सम्बोधन  गर्ने क्रममा प्रशंसा गरेका हुन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो 

उक्त समयबाट सुरुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जनाएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा   ८५ हजार १४४ कोरोना भाइरस संक्रमित भएका थिए ।

यस संक्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो । चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् ।

हाल चीनमा ११५ जना मात्र कोरोना भाइरस संक्रमित रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि