बैशाख २१, २०८१, शुक्रबार
               

खशोग्गीको हत्यामा आठ जनालाई जेल सजाय

एजेन्सी
भदौ २२, २०७७

ADVERTISEMENT

सन् २०१८ मा भएको साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

साउदी अदालतले सोमबार त्यस्तो फैसला गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको हो ।

सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधीमध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”

यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो ।

खशोग्गी छोराहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि अदालतको अन्तिम फैसला आएको हो । उनीहरूले गत मे महिनामा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि