बैशाख २०, २०८१, बिहीबार
               

झिंगा मार्ने चक्करमा घरै जल्यो

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

फ्रान्स । फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने प्रयास गर्दा घर जलेको खबर सार्वजनिक भएको छ । दोर्दोनमा रहेका ८० वर्षका वृद्धले रातिको खाना खाइरहँदा झिंगा भन्किन थालेपछि आजित भएका थिए ।

त्यसपछि उनले किरा मार्नमा काम लाग्ने इलेक्ट्रोनिक रकेट उठाए र झिंगालाई मार्ने प्रयास गरे । तर, त्यही बेला उनको घरको ग्यास लिक भइरहेको थियो र इलेक्ट्रोनिक रकेट हावामा चलाएपछि एकाएक विष्फोट भयो ।

विष्फोटपछि भएको आगलागीका कारण उनको घरकोे अधिकांश भाग जलेर नष्ट भएको छ । ती वृद्धको ज्यान भने जोगिएको तर उनको हातको केही भाग जलेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि