बैशाख २०, २०८१, बिहीबार
               

सरकारी टिभी च्यानलकी पत्रकारको गोली हानी हत्या

एजेन्सी
भदौ २१, २०७७

ADVERTISEMENT

पाकिस्तानमा २७ वर्षीया महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । 

पत्रकार शाहीना शाहिन सरकारी टिभी च्यानल (पाकिस्तान टिभी) मा कार्यरत थिइन् । उनले कार्यक्रम सञ्चालन गर्नुका साथै उनले रिपोर्टिङ समेत गर्थिन् ।

केही दिनअघि उनलाई बलूचिस्तानको तुरबतमा सरुवा गरिएको थियो । 

शाहीनामाथि उनकै घरमा गोली प्रहार भएको हो । पाकिस्तानी प्रहरीका अनुसार, 'दुई जना मानिस उनको घरमा गएर उनीमाथि गोली हानेका हुन् ।' शाहीनालाई पाँच गोली लागेको बताइएको छ ।

सरकारी टिभीमा काम गर्नु अघि उनी इस्लामाबादमा रहेको एक निजी टिभी च्यानलमा कार्यरत थिइन् । पछि उनी सरकारी टिभीमा आवद्ध भएकी थिइन् 

क्वेटा युनिभर्सिटीबाट पिएचडी गरेकी शाहीना एक स्थानीय म्यागेजिनकी सम्पादक समेत थिइन् । 

गत वर्ष मात्रै पाकिस्तानमा महिला पत्रकार उरुज इकबालको पनि गोली हानी हत्या गरिएको थियो ।

पाकिस्तानमा सन् १९९२ देखि हालसम्म ६१ पत्रकारको हत्या भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि