जेठ ०४, २०८१, शुक्रबार
               

बंगलादेशको मस्जिदमा भीषण आगलागी : १२ को मृत्यु, दर्जनौं घाइते

एजेन्सी
भदौ २०, २०७७

ADVERTISEMENT

ढाका । बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो ।

डढेको तथा प्लाष्टिक सर्जरीसम्बन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि