जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेत नागरिक मारिए

एजेन्सी
भदौ १८, २०७७

ADVERTISEMENT

अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेता नागरिकको मृत्यु भएको छ । प्रहरीले ४१ वर्षका अश्वेत नागरिक ड्यानियल प्रुडलाई ‘स्पिट हुड’ लगाइदिएका कारण उनले सास फेर्न नसकेको बताइएको छ।

सास फेर्न नसकेकै कारण ड्यानियलको मृत्यु भएको बताइएको छ । ड्यानियलले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै प्रहरीमाथि थुक्ने र टोक्ने प्रयास गरेका थिए ।

उनको थुकबाट बच्न प्रहरीले थुक छेक्ने स्पिट हुड ड्यानियलको टाउकोमा लगाइदिएका थिए । स्पिट हुड लगाइएका ड्यानियलको टाउको जमिनमा २ मिनेट थिचेर राख्दा उनी अचेत बनेका थिए ।

सास फेर्न नसकेकै कारण उनको मृत्यु भएको सीसीटीभी फुटेजमा देखिएको छ । ड्यानियलको मानसिक अवस्था बिग्रिएको समेत बताइएको छ ।

ड्यानिएललाई नियन्त्रण गर्ने समयमा उनी नग्न बनेर हिँडेको बताइएको छ । गत मे २५ मा अश्वेत नागरिक जोर्ज फ्लोइडको पनि प्रहरीको नियन्त्रणमै रहेको समयमा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि