जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक गरिएको छ । प्रधानमन्त्री मोदीको निजी वेबसाइटको ट्विटर ह्याक भएको ट्विटरले नै जानकारी दिएको छ ।

ह्याक भएको उक्त ट्विटरबाट शृङ्खलाबद्ध सामाग्री लेख्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको थियो । त्यसपछि विभिन्न सञ्चारमाध्यममा आएका जानकारी अनुसार बिहीवार बिहान मोदीको उक्त खाता ह्याक भएको थियो ।

ह्याक भएपछि गरिएका सबै ट्वीटहरू मेटिएको समाचारमा जनाइएको छ । यसभन्दा अगाडि पनि गत जुलाईमा विभिन्न ठूला व्यक्तिहरूको ट्विटरहरू ह्याक भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि