जेठ ०४, २०८१, शुक्रबार
               

तेलङ्गना दुर्घटनाः ट्रकको ठक्करपछि उछिट्टियो कार, पाँचको मृत्यु

एजेन्सी
भदौ १७, २०७७

ADVERTISEMENT

भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको मृत्यु भएको छ । 

उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिए । 

उनका अनुसार बुधबार दिउँसो साढे एक बजे पाँच जना युवा सवार कार दुर्घटनाग्रस्त भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ  । 

विपरीत दिशाबाट आएको ट्रकले सो कारलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि कार उछिट्टिएको प्रहरीले जनाएको छ ।  

प्रहरी निरीक्षक रेड्डीले दुर्घटनाबारे थप अनुसन्धान भने जारी रहेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि