जेठ ०४, २०८१, शुक्रबार
               

लद्दाख क्षेत्रमा चीन-भारतबीच पुन: झडप

नेपाल फ्ल्यास
भदौ १५, २०७७

चिनियाँ र भारतीय सैनिक जवानको 'फाइल तस्बिर'
ADVERTISEMENT

काठमाडौं ।भारत-चीनका सेनाबीच पुन: झडप भएको छ । 

बीबीसी हिन्दीका अनुसार दुई देशका सेनाबीच पूर्वीलद्दाखको प्याङ्गोङ तालको दक्षिण किनारमा धकेलाधकेल भएको  हो ।

सो झडपपछि चुशुलमा ब्रिगेड कमाण्डरको तहमा बैठक बसिरहेको  जनाइएको छ। तर,सो झडपमा के कति क्षति भयो भनी खुलाइएको छैन । 
भारतीय सेनाका प्रवक्ताले एलओसीमा चिनियाँ सेना अगाडि बढ्दा आफूहरुले रोकेको दाबी गरेका छन्।

लद्दाखकै गलवान क्षेत्रमा  जुन १५ मा झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुवै  मुलुकका सेनाले सीमा क्षेत्रमा तैनाथ बढाउँदै आएका छन् । 

चिनियाँ सेनाले हिमाली क्षेत्रमा अत्यधुनिक हतियारसहित सैन्य अभ्यास गरेको सार्वजनिक भएको थियो भने भारतीय सेनाले जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताउँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि