जेठ ०४, २०८१, शुक्रबार
               

आइएस–सरकार युद्धमा ४८ सैनिकको ज्यान गयो

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

सिरियाली इस्लामिक स्टेट (आइएस) लडाकुको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली सैनिकको मृत्यु भएको सिरियाली युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।

आइएसमाथि रूसको सहयोगप्राप्त सिरियाली सेनाले हवाई आक्रमणहरू समेत गरेको थियो । आइएस लडाकूतर्फ २२ र सरकारी ४८ सैनिकको मृत्यु भएको ‘सिरियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । आक्रमणपछि सरकार समर्थक ५२ लडाकू पनि सम्पर्कमा नआएको बताइएको छ ।

बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आक्रमणमा रुसको सहयोगमा विद्रोहीविरूद्ध हवाई आक्रमणसमेत भएको थियो ।

सिरियाली आइएस समूहले मुलुकका अन्य भागमा नियन्त्रण गुमाइसकेको भए पनि दुर्गम पूर्वी होम्स र देइर अल–जौर प्रान्तलाई अझै आफ्नो प्रभाव क्षेत्रका रूपमा जोगाउन सफल छ ।


कस्तो लाग्यो ?

यो पनि