जेठ ०४, २०८१, शुक्रबार
               

रेलवे बोर्ड प्रवक्ताकी श्रीमती र छोराको हत्या, छोरी थिइन् डिप्रेशनमा

एजेन्सी
भदौ १३, २०७७

ADVERTISEMENT

भारत उत्तर प्रदेशको राजधानी लखनउमा दुई जनाको गोली हानी हत्या गरिएको छ । भिभिआइपी रेलवे कोलोनीस्थित गौतमपल्लीमा सो घटना भएको हो ।

भारतीय रेल सेवाका अफिसर राजेश दत्त (आरडी) बाजपेईकी श्रीमती मालती र उनका २० वर्षीय छोरा शरदको हत्या भएको हो । दुवै जनाको शव घरभित्र (खाटमा) फेला परेको प्रहरीले जनाएको छ ।

तर, घटनाको आश्चर्यजनक कुरा के छ भने, ती अफिसरकी छोरीले आफ्नो दाजु र आमाको हत्या गरेको बताइएको छ ।

प्रहरीले गरेको सोधपुछमा उनले आफ्नो अपराध स्विकार गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

मालती र छोरा शरदको शव

लखनउ प्रहरी कमिश्नर सुजित पाण्डेका अनुसार, उनले रेजरमार्फत आफ्नै शरीरमा समेत कयौं घाउ बनाएकी छिन् । प्रहरीका अनुसार उनी डिप्रेशनमा थिइन् ।

उनले बाथरुमको भित्तामा आफ्नो लागि 'डिस्क्वालिफाइड ह्युमन' लेखकी थिइन् । उनले बाथरुमको सिसामा समेत गोली प्रहार गरेको बताइएको छ ।

आरडी बाजपेईकी छोरी (बीचमा)

प्रहरीले उनलाई 'चाइल्ड प्रोटेक्शन होम' पठाइने बताएको छ । हाल उनलाई अस्पताल भर्ना गरिएको छ ।

रेलवे सेवाका अफिसर राजेश दत्त (आरडी) बाजपेई

रेलवे अफिसर राजेश दत्त (आरडी) बाजपेई रेलवे बोर्डका प्रवक्ता हुन् । घटना भएको समयमा उनी दिल्लीमा थिए ।


कस्तो लाग्यो ?

यो पनि