जेठ ०४, २०८१, शुक्रबार
               

अविरल वर्षाका कारण कराँचीमा हजारौँ विस्थापित

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाका कारण हजारौँ विस्थापित भएका छन् । जसका कारण पाकिस्तानको कराँचीमा क्षति पुगेको छ । प्राप्त  समाचारअनुसार बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण आएको बाढीका कारण त्यहाँ कम्तीमा ३० जनाको ज्यान गएको छ । 

प्राप्त समाचारअनुसार पाकिस्तानमा कम्तीमा ९० वर्षको रेकर्डभन्दा बढी वर्षा भएको छ । त्यसैगरी, कराँचीको मौसम विभागका अनुसार सो नगरमा पहिलो पटक १२ घन्टामा निकै भारी पानी परेको थियो ।

भारी वर्षा र बाढीका कारण कराँची शहरमा ठूलो क्षति पुगेको छ ।  सो स्थलमा हजारौँको संख्यामा सैनिक उद्धारका लागि परिचालित छन् । 

बाढीमा फसेका सयौँलाई उद्धार गरिएको छ भने बाढीकै कारण  हजारौँ  विस्थापित भएका छन् । यसका अलवा सो स्थलको जनजीवन प्रभावित बनेको छ भने धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि