जेठ ०४, २०८१, शुक्रबार
               

भारतीय रक्षामन्त्री किन जाँदैछन् रुस ?

एजेन्सी
भदौ १३, २०७७

ADVERTISEMENT

भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् ।

रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा आउने जानकारी रुसमा रक्षामन्त्री सेर्गेइ सोइगुले दिएका छन् । 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले आगामी हप्ता (सेप्टेम्बर ४ देखि ६ तारिखसम्म) रुसको भ्रमण गर्ने तय भएको रुसस्थित भारतीय दूतावासले जनाएको छ । 

मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । 

सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणको क्रममा कोरोनाविरुद्धको भ्याक्सिनको विषयमा समेत कुराकानी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि