जेठ ०४, २०८१, शुक्रबार
               

चीनले शक्तिप्रदर्शन गर्दा क्षेप्यास्त्र प्रयोग गरेको भन्दै अमेरिकाको आपत्ति

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

साउथ चाइना सीमा चीनले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेकोमा अमेरिकाले आपत्ति जनाएको छ । अमेरिकाको रक्षा मन्त्रालयले चीनको उक्त कदमलाई शान्ति र सुरक्षालाई चुनौती भएको जनाएको छ ।

चीनले पारासेल टापुमा सैन्य अभ्यासका दौरान कम्तिमा चारवटा क्षेप्यास्त्रको परीक्षण गरेको थियो । पेन्टागनले चीनको उक्त कदम सन् २००२ मा गरिएको सो क्षेत्रमा उत्तेजनात्मक कार्य नगर्ने प्रतिबद्धता विरुद्ध रहेको स्मरण गराएको छ ।

पछिल्लो दशकमा चीनले साउथ चाइना सीका धेरै टापुहरुमा सैन्य उपस्थिति बढाएको छ । सो क्षेत्रमा चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । त्यस्तै, भियतनाम, फिलिपिन्स, मलेसिया, ताइवान र इन्डोनेसियाले पनि सो विवादित क्षेत्रमा आ–आफ्नो दाबी गरेका छन् ।

यसअघि, साउथ चाइना मोर्निङ पोस्टले बिहीबार चीनले क्वीनघाई प्रान्तबाट डिएफ–२६बी क्षेप्यास्त र झेजियाङ प्रान्तबाट डिएफ–२१डी क्षेप्यास्त्र परीक्षण गरेको थियो । चीनले निर्धारण गरेको उडान निषेधित क्षेत्रमा, जहाँ सैन्य अभ्यास’ चलिरहेको थियो, अमेरिकी जासुसी विमान देखिएपछि चीनले क्षेप्यास्त्र परीक्षण गरेको समाचारमा बताइएको थियो ।

अघिल्लो महिना ग्लोबल टाइम्सले डीएफ–२६बी ले समुद्रमा चलायमान लक्ष्यमाथि प्रहार गर्न सक्ने क्षमता रहेको बताएको थियो । यसलाई ‘युद्धपोत घातक’ को संज्ञा दिइएको थियो । चीनले पारासेल्स टापूमा अगस्त २३ देखि २९ सम्म सैन्य अभ्यास गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि