जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी, चार जनाको मृत्यु

एजेन्सी
भदौ १२, २०७७

ADVERTISEMENT

अमेरिकाको लुइजियाना राज्यमा शक्तिशाली समुद्री आँधीबाट कम्तीमा चार जनाको मृत्यु भएको छ । लरा नामक आँधीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् ।  

आँधीपछि लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा गतिमा आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ ।  

पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको बताइएको छ । यस आँधीलाई 'अमेरिकामा आएको शक्तिशाली समुद्री आँधी मध्येको एक' भनिएको छ ।

आँधीले आफ्नो राज्यमा निकै क्षति भएको भए पनि पहिले आशंका गरिएजति क्षति भने नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन् । 

छिमेकी राज्य टेक्ससका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताएका छन् ।

आँधी आउनु अगाडि टेक्ससका करिब चार लाख २० हजार बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण–पश्चिम लुइजियानामा थप २ लाख जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि