जेठ ०४, २०८१, शुक्रबार
               

चुनावको मुखमा ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामा

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केलियन कनवेले राजीनामा दिएकी छन् ।

५३ वर्षीया कनवेले राष्ट्रपतिको चुनाव नजिकिँदै गएका बेला  एक वक्तव्य जारी गर्दै अर्को सातादेखि लागू हुनेगरी आफूले राजीनामा दिएको जानकारी दिइन् । 

रिपब्लिकन पार्टीकी महत्वपूर्ण रणनीतिकार र चुनावी विश्लेषक मानिने कनवे सन् २०१६ मा ट्रम्प निर्वाचित हुँदा चुनावी अभियान हाँक्ने महत्वपूर्ण व्यक्ति थिइन् । उनलाई सफल राष्ट्रपतीय चुनाव व्यवस्थापन गर्ने पहिलो महिलाका रुपमा समेत चिनिन्छ।

बुधबारको रिपब्लिकन नेसनल कन्भेन्सनमा सम्बोधन गर्ने तयारीमा समेत रहेकी कनवेले ट्रम्पलाई आफूले व्हाइटहाउस छोड्न लागेको जानकारी आइतबार नै दिएकी बिबिसीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि