जेठ ०४, २०८१, शुक्रबार
               

एकै परिवारका पाँच जनाको झुण्ड्याएर हत्या

एजेन्सी
भदौ ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।

परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण र हत्या कसले गरेको हो भन्ने बारेमा खुलिसकेको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको  ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि घटनाको बारेमा थप जानकारी प्राप्त हुने छ । 

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले जानकारी दिए । 

खरेले आफूहरुले वैज्ञानिक रुपमा घटनाको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि