जेठ ०४, २०८१, शुक्रबार
               

ट्रम्पकी दिदीले भनिन्, 'मेरो भाइ फटाहा र धोकेबाज छ'

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको बताएकी छिन् । म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन् ।  

गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी छिन् । यो सम्वाद म्यारियनकी भतिजी म्यारी ट्रम्पले रेकर्ड गरेकी खुलेको छ ।  'ट्रम्पका बकवास ट्वीटहरु...उसलाई ईश्वरले नै झुठबाट जोगाउन सक्लान्, उ धोकेबाज र क्रुर छ,' सो अडियोमा म्यारियनले यस्तो भनेकी छिन् ‌।  

आफ्नै दिदीले धोकेबाज र फटाहा भनेपछि ट्रम्पले यसबारे प्रतिक्रिया दिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट जारी गरिएको वयानमा उनले हरेक दिन केही अलग भइरहने र यी घटनाको परवाह गरिरहन नसकिने उल्लेख गरेका छन् ।  

बीबीसीका अनुसार ट्रम्पविरुद्ध उनकी दिदीले गरेको कटाक्ष सबैभन्दा पहिलो वासिङ्टन पोष्टले सार्वजनिक गरेको थियो। सो गोप्य रेकर्डिङमा म्यारियनले ट्रम्प प्रशासनको आप्रवासन नीतिमाथि निन्दा गरेकी सुनिन्छ ।

ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकी छिरेका आप्रवासीहरुको बच्चालाई हिरासतमा राख्नेगरी यस्तो नीति बनाएको छ ।  सो अडियो रेकर्ड गरेकी मेरी ट्रम्पले 'टु मच एण्ड नेभर इनफ : हाउ माई फ्यामिली क्रियटेड द वर्ल्डस्‌ डेन्जर म्यान' नामक आफ्नो जीवनी पुस्तकमा डोनाल्ड ट्रम्पले आफ्ना साथीलाई पैसा दिएर एसएटी परीक्षा दिन लगाएको खुलासा गरेकी थिइन् ।
 


कस्तो लाग्यो ?

यो पनि