जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकामा शैक्षिक सामग्री अभाव

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।  विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाएपनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरुले बताएका छन् । 

यो समस्या धेरै महिना अगाडिदेखि अमेरिका भरी नै रहेको एपीले गरेको एक अनुसन्धानले देखाएको छ । विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरु लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरु माग अनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्वोधन गर्न कठिनाइ भइरहेको छ । 

अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाई रहेको छ । 

क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भने, “यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।” उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ । 

विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरुले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरु उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दवाव दिएका छन् । ल्यापटप विनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरुले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।    
 

यो पनि