जेठ ०४, २०८१, शुक्रबार
               

कस्मिर विवाद ऐतिहासिक तथ्य र द्विपक्षीय वार्ताद्वारा समाधान गर्नुस् : चीन

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

चीनले कस्मिरको अवस्थालाई जटिल बनाउन एकपक्षीय कार्यको विरोध गर्ने बताएको छ । दक्षिणी प्रान्त हेनानमा चिनियाँ र पाकिस्तानी विदेश मन्त्रीहरू बीचको दोस्रो रणनीतिक वार्तामा कस्मिरको मुद्दा समावेश हुँदा चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो बताएका हुन् । 

पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमुद कुरेसी चीन गएका थिए । उनले  चीनको आफ्नो समकक्षीसँग भारतीय स्थितिको बारेमा आफ्नो देशको चिन्ताबारे जानकारी गराएका थिए । जसमा चिनियाँ विदेशमन्त्री यी चीनले कुनै पनि एकतर्फी कारबाही गर्न नचाहेको बताएका थिए । 

दुई विदेशमन्त्रीको रणनीतिक वार्तापश्चात् संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी पक्षले जम्मु-कस्मिरको अवस्था, यसको चिन्ता, अवस्था र वर्तमान मुद्दाबारे चिनियाँ पक्षलाई सूचित गरिसकेको छ।’

यसका अलवा चिनियाँ पक्षले पाकिस्तानलाई कास्मिरको विषयलाई भारत र पाकिस्तानको बीचमा ऐतिहासिक तथ्य, सोम्बन्धी सुरक्षा परिषद् र द्विपक्षीय सम्झौतामार्फत शान्तिपूर्वक र उचित रूपमा समाधान गर्न सुझाव दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि