जेठ ०६, २०८१, आइतबार
               

ट्रम्पले अमेरिकालाई अन्धकार बनाएको बाइडेनको आरोप

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् ।

डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन नेपाली समय अनुसार शुक्रबार बिहान आफ्नो सम्बोधनको क्रममा जो बाइडेनले अबको चुनाव अन्धकार अन्त्यका लागि रहेको बताएका हुन् ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको बताए ।

अति भावनात्मक सम्बोधनको क्रममा बाइडेनले आफ्नो आधा शताब्दी लामो राजनीतिक जीवनका अनुभवलाई समेट्न सफल भए ।

७७ वर्षका बाइडेन स्पष्ट रुपमा आम चुनावको अभियानमा जुटेको देखिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् ।

पछिल्लो झण्डै चार वर्षमा अमेरिकाले इतिहासमा सबैभन्दा खराब समय र अधन्कारको सामना गरेको बताउँदै बाइडेनले आफू अँध्यारोको नभई उज्यालोको सारथी वा पक्षपाती रहेको बताए ।

अहिलेको समय सबै एकतावद्ध हुने रहेको र कुनै पनि गल्ति गर्ने छुट नरहेको उनले उल्लेख गरेका छन् ।

आउँदो चुनावमा मतपत्रमा चरित्रको परीक्षा हुने उनले बताए । उनले डरको सट्टा आश, फिक्सनको साटो तथ्य र विशेषाधिकारको ठाउँमा निष्पक्षता रोज्न अपिल गरे ।

अबको चुनावले अन्धकारको चरण अन्त्य गर्ने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि