मंसिर ०७, २०८१, शुक्रबार
               

एलेक्सी नभाल्नीः ‘विष खुवाइएका’ विपक्षी नेतालाई जर्मनी लग्न ‘एयर एम्बुलेन्स तयार’

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन् ।

भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उनी सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो ।

चिकित्सकहरूले उनी ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन् । 

एयर एम्बुलेन्स तयार

नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन् । उनका समर्थकहरूको त्यस्तो भनाइ पछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छन् ।

जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ । ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए । 

राष्ट्रपतिका प्रवक्ता के भन्छन् ?

राष्ट्रपति भ्लादिमिर पुटिनमा कट्टर आलोचक ४४ वर्षीय नभाल्नी उनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए । उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ‘क’ र संविधानको उल्लंघनको संज्ञा दिएका थिए ।

राष्ट्रपति पुटिनका प्रवक्ताले उनको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लग्न दिन तयार रहेको बताएका छन् ।तर, त्यसको निम्ति केही परीक्षणको परिणाम कुर्नुपर्ने उनको भनाइ छ । –बीबीसी


कस्तो लाग्यो ?

यो पनि