बैशाख २३, २०८१, आइतबार
               

दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शन

एजेन्सी
साउन ३२, २०७७

ADVERTISEMENT

स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाको राजधानी सोउलमा दशौं हजार मानिस सडक आन्दोलनमा उत्रिएका छन् ।  

राष्ट्रपति मुन जेइ इनको नीतिविरुद्ध कोरियामा प्रदर्शन भएको हो । मुनले हालै ल्याएको घरजग्गा बजार नीति र सरकारका सदस्यहरु विभिन्न यौनकाण्डमा मुछिएसँगै कोरियामा सरकारविरोधी प्रदर्शन भएको हो । कोरियाली नागरिकहरु सरकार विरोधी प्रदर्शनमा सहभागी भएका हुन् ।

शनिबार त्यहाँ थप १६६ जना मानिसमा कोरोना पुष्टि भएको छ। पछिल्लो एक महिनामा एकैदिन भएको यो सबैभन्दा धेरै संक्रमण हो ।  सोल शहरमा प्रशासनले यसअघि कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उल्लंघन हुने भन्दै प्रदर्शनमा रोक लगाएको थियो ।

तर केही स्थानमा प्रदर्शन आयोजना गर्न अनुमति पनि दिएको थियो । हालै यी प्रदर्शनमा संलग्न भएका १३० जनामा कोरोना पुष्टि भएको छ ।  आन्दोलनमा सहभागी हुन चर्चका पास्टरहरुले सामाजिक सञ्जालमार्फत मानिसहरुलाई अपिल गरेका थिए ।

सो अपिलसँगै पुलिसले आंकलन गरेभन्दा निकै धेरै मानिसहरु प्रदर्शनमा सहभागी भएका हुन् ।
 


कस्तो लाग्यो ?

यो पनि