जेठ ०६, २०८१, आइतबार
               

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७१ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । उनको न्युयोर्क अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जनाइएको छ ।

आफ्नो भाईको मृत्यु भएको जानाउँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आज राति मेरा भाइ रोबर्टको मृत्यु भएको दुःख ले सार्वजनिक गर्दैछु, उनी मेरा भाइमात्र थिएनन्, सबैभन्दा मिल्ने साथी पनि थिए, हामीले उनलाई धेरै सम्झनेछौँ, हामी फेरि भेट्ने छौँ, उनको सम्झना मेरो मनमा सधैँ रहिरहनेछ, रोबर्ट, म तिमीलाई माया गर्छु, तिम्रो आत्माले शान्ति पाओस् ।’

डोनाल्डका भाइ रोबर्टलाई गत मार्चमा न्युयोर्कको माउन्ट सिनाइ अस्पतालको आइसियुमा राखिएको जनाइएको छ । त्यहाँ उपचार गरेपछि उनलाई निको भएको थियो। राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पतालमा गएर रोबर्टलाई भेटेको बताएका छन् ।  
 


कस्तो लाग्यो ?

यो पनि