मंसिर ०७, २०८१, शुक्रबार
               

हङकङबाट अमेरिका निर्यात हुने सामग्रीलाई चिनियाँ मान्यता

एजेन्सी
साउन २८, २०७७

ADVERTISEMENT

एजेन्सी । हङकङबाट आयात हुने सामग्रीलाई पनि  'मेड इन चाइना' नै मान्ने आदेश वासिङटनले दिएको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रहरुबीचको राजनीतिक र व्यापार तनावकाबीच वासिङटनबाट यस्तो आदेश जारी भएको हो ।

अमेरिकी भन्सार र सीमा सुरक्षाले हङकङमा उत्पादन भएर अमेरिका निर्यात हुने सामग्रीमा उपयुक्त तरिकाले यसको उद्गम थलो चीन हुने उल्लेख गर्नुपर्ने जनाएको छ । यो नियम सेप्टेम्बर २५ देखि लागू हुनेछ ।

उक्त समयदेखि आवश्यक लेभल नलगाइएका आयातमा अतिरिक्त १० प्रतिशतको भन्सार लाग्ने छ ।

बेइजिङले राष्ट्रिय सुरक्षा कानुन पारित गरेपछि अमेरिकाले हङकङलाई लामो समयसम्म मुख्यभूमि चीनको स्वायत्त प्रदेशको व्यवहार नगर्ने जनाएपछिको समयमा यो आदेश आएको हो ।

यो कानुन कार्यान्वयमा आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व बेलायती उपनिवेशलाई आफ्नो विशेष स्तरबाट हटाएका थिए । यसको अर्थ हङकङले अमेरिकासँगको व्यापारमा प्राथमिकताको अवस्था गुमाउने छ ।

व्यापार सम्झौताको दोस्रो चरण अझौपनि विमर्शमै रहेको छ । झन्डै ५५० अर्ब डलर मूल्यको चिनियाँ सामग्री अझौ अमेरिकी व्यापार शुल्कको मातहतमा रहदै आएका छन् ।

हङकङबाट थोरै सामग्री मात्रै अमेरिका निर्यात हुदै आएका छन् । अमेरिकी सरकारको तथ्यांक अनुसार अमेरिकामा हुने हङकङको निर्यात २०२० को सुरु अर्ध वार्षिक अवधिमा कुल ६ अर्ब डलर मात्रै थियो । २०१९ को पुरै निर्यात ४.७ अर्ब डलर बराबर छ ।


कस्तो लाग्यो ?

यो पनि