बैशाख १८, २०८१, मंगलबार
               

अपडेटः को थिए विमानमा ? कसरी भयो दुर्घटना ?

एजेन्सी
साउन २४, २०७७

ADVERTISEMENT

दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटना हुँदा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन् ।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए ।

उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन् ।

भारतीय समाचारसंस्था पीटीआईका शनिवार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो ।

स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

कसरी भयो दुर्घटना ?

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो ।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए । दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९:४० मा दुर्घटना भएको थियो ।

दुर्घटनापछि दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्विट गर्दै उक्त विमान 'ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको' उल्लेख गरेका छन् ।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए । केरलामा अहिले मनसुन चलिरहेको छ ।

विमानमा को थिए ?

कोरोना भाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए।

उडान नम्बर IX 1134 भएको उक्त विमानमा सवार यात्रुमध्ये १० जना शिशु थिए ।

दुर्घटनास्थलमा उद्धार कार्य सकिएको र घाइतेहरूलाई क्यालिकट तथा मलापुरमस्थित अस्पतालहरूमा पुर्‍याइएको केरलाका मुख्यमन्त्री पिनारयी विजयनले बताए ।

एक वरिष्ठ प्रहरी अधिकारीले दर्जनौँ मानिस घाइते भएको र तीमध्ये १५ जना गम्भीर रहेको बताए ।

एअर इन्डिया एक्सप्रेसले ज्यान गुमाउनेमध्ये दुई जना आफ्ना विमानचालक भएको पुष्टि गरेको छ ।

विमानबाट यी बालकलाई प्रहरीले सुरक्षित निकालेको छ ।

दुर्घटनाबारे के भन्छन् अधिकारीहरू ?

भारतको राष्ट्रिय विपद्सम्बन्धी काम गर्ने निकायका महानिर्देशक एसएन प्रधानले क्यालिकट विमानस्थलमा 'टेबलटप' धावनमार्ग रहेको र विमान चिप्लिएपछि एउटा खोँचमा खसेको बताए ।

उनले खोँचमा खस्दा विमानको तल्लो भाग ठोक्किएर दुई टुक्रा भएको र विमानको अग्रभाग 'नराम्ररी क्षतविक्षत र ध्वस्त' भएको बताए ।

विमानको 'ब्ल्याक बक्स'

उड्डयनमन्त्री पुरीले डीडी न्यूजसँग बोल्दै सुरुमा विमानमा आगो नलाग्दै केही यात्रुहरूलाई उद्धार गर्न सकिएको बताए । उनका अनुसार कैयौँ यात्रुहरूलाई भने त्यत्तिकै छोड्नुपरेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै 'दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना' व्यक्त गरेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) दीपक वसंन साठे । उनी पहिले एयरफोर्समा विंग कमान्डर थिए ।

भारतमा मनसुनयाममा पहिला पनि विमानहरू दुर्घटनामा परेका छन् ।

सन् २०१० मे महिनामा एयर इन्डिया एक्सप्रेसको विमान मङ्ग्लोरमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुनँदा १५८ जनाको मृत्यु भएको थियो ।

मङ्ग्लोरमै गत वर्ष जुलाई महिनामा पनि एउटा विमान दुर्घटनामा परेको थियो । तर त्यसमा कसैको पनि मृत्यु भएन ।

-बीबीसी

यो पनि