एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटना भएको छ ।
बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको हो ।
बीबीसीका अनुसार, विमानमा चालक दलका ६ सदस्यसहित १९४ जना यात्रु थिए । विमान दुबईबाट आइरहेको थियो । विमानमा १० जना बच्चाहरु थिए ।
दुर्घटनामा एक पाइलट र दुई यात्रुको मृत्यु भएको आजतकले उल्लेख गरेको छ ।
स्थानीय समयअनुसार साँझ साढे सात बजेतिर कोजिकोड एयरपोर्टमा अवतरण क्रममा बिमान रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।
त्यस समयमा भारी वर्षा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, विमान दुर्घटना भए पनि विमानमा आगलागी भएको छैन ।
यात्रुहरुको उद्धार गरिएको छ । केही यात्रुहरु घाइते भएका छन् ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको छ ।
अपडेटः दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।